रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१२ स्थित सानीबार्खुको जंगलमा एक पुरुषको शव फेला परेको छ ।
Advertisement
आठबिसकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष खुम्मे कुसारीका अनुसार स्थानीय ३५ वर्षीय प्रकाश घर्ती मगर मृत अवस्थामा फेला परेका हुन् ।
अध्यक्ष कुसारीका अनुसार आफन्तको विवाहको निम्तो बाँड्न गत वैशाख ४ गते घरबाट निस्किएका उनी मृत भेटिएका हुन् । आफन्तको निम्तो बाड्न गाउँमा पसेका उनी तीन दिन देखि बेपत्ता भएपछि परिवारले खोजिनिधी गर्दा जंगलमा उनको शब फेला परेको हो ।
मृतक प्रकाशका श्रीमती सहित एक छोरा र एक छोरी छन् ।
उनका दाईका छोराको भोली विवाह तय भएको छ । घटना बारे थप अनुसन्धान भैरहेको छ ।