आगामी चैत १९ गते बिहीबार देखि देशभर सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमका करिव ३ हजार ९ सय २७ जना विद्यार्थीहरु परिक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख ताराप्रकाश पुनले जानकारी दिए ।
पुनका अनुसार एसइईको सबै तयारी पूरा भएको छ । केन्द्राध्यक्ष, निरीक्षकको व्यवस्थापन देखि प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पठाइएको छ ।
जिल्लाका विभिन्न १६ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदै छ । कुल परीक्षार्थी मध्ये साधारणतर्फ, प्राविधिक र ग्रेड वृद्धि गरेर छात्रा २१ सय १६ र छात्र १८ सय ११ गरेर कुल ३ हजार ९ सय २७ जना विद्यार्थी एसइईमा सहभागी हुन लागेको बताईएको छ ।
जिल्लाभर चार वटा संस्थागत विद्यालय र ७८ सामुदायिक विद्यालय गरी कुल ८२ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुने छन् । परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ ।