जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको हो।
Advertisement
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए ।