प्रहरीले यातायात व्यवस्था कार्यालय ललितपुरको एकान्तकुनाबाट १५ जना बिचौलियालाई पक्राउ गरेको छ। सेवाग्राहीलाई प्रभावित पारेर अतिरिक्त रकम असुल्दै आएको सूचनापछि जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरूलाई पक्राउ गरेको हो।
Advertisement
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूलाई हिरासतमा लिई अनुसन्धान भइरहेको छ।
घटनामा संलग्न अन्य बिचौलियाविरुद्ध पनि अपरेसन थाल्न प्रहरीले आवश्यक सूचना संकलन गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।