नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) रुकुम पश्चिम- काठमाडौ सम्पर्क समिति द्वारा रुकुम पश्चिमका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोपाल शर्मा लाई सम्मान गरिएको छ । आज शनिबार आयोजित बधाई तथा शुभकामना कार्यक्रमका विच सांसद शर्मालाई सम्मान गरिएको हो ।
नेकपाको रुकुम पश्चिम- काठमाडौ सम्पर्क समितिको आयोजनामा मतदातालाई धन्यवाद समेत दिईएको थियो । काठमाडौँको भृकुटीमण्डप स्थित आर आर क्याम्पसमा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शर्माले केवल पार्टी र उम्मेदवार मात्रै नभएर सिङ्गो रुकुमको जित भएको बताएका छन् । उनले भने, मैले पहिले देखि नै भन्दै आएको छु । पाँच बर्ष जनताको काम गर्छु । आफू निर्वाचित भएको दिन दिल्ली नै पाँच वर्षसम्म जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनताको विश्वास जित्नु नै आफ्नो मुख्य लक्ष्य रहेको बताए। “म पदका लागि होइन, सेवा गर्ने अवसरका लागि चुनाव लडेको थिए। जनताले विश्वास गर्नुभयो अब म पाँच वर्षसम्म इमानदारीपूर्वक सेवकको रूपमा काम गर्नेछु,” उनले भने।
उनले विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिने प्रतिवद्धता पनि जनाए। साथै, उनले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र जनताको समस्या समाधान गर्ने वाचा गरे।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपाका केन्द्रिय सदस्य वसन्त शर्माले जितको आधार एकता नै भएको बताए । उनले भने हामीले रुकुममा संगठन बलियो बनाएको नतिजा नै चुनाव जित्नु हो । संगठन र पार्टी एकताका कारण हामिले जित्यौँ।
कार्यक्रमको सभाध्यक्ष समितिका अध्यक्ष अनिल केसीले गरेका थिए । भने प्रकाश कुसारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य वसन्त शर्मा,पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिन लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भने रुकुम पश्चिम घर भइ हाल काठमाडौँमा बसोबास गर्दै आएकाहरु लाई धन्यवाद ज्ञापन गरिएको थियो ।