स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर तीन लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
बिहीबार सुन तोलामा तीन लाख १७ हजार रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर पाँच हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बिहीबार चाँदी तोलामा पाँच हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।