रुकुम (पश्चिम) मा मतगणना जारी : गोपाल शर्मा अग्रस्थानमा
Advertisement
रुकुम पश्चिममा जारी मतगणनामा नेपाली कम्युनिष्ट पार्टी नेकपा का उम्मेदवार गोपाल शर्मा अग्रस्थानमा देखिएका छन्। पछिल्लो अपडेट अनुसार बिहान करिब ६ बजेसम्म गोपाल शर्माले ७२७२ मत प्राप्त गरेका छन्।
त्यस्तै, प्रलोपाका जनार्दन शर्माले ५१६० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। अर्का उम्मेदवार राजु केसी ले ४८४२ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अन्तिम परिणाम आउन बाँकी रहेकाले आगामी अपडेटसँगै मत परिणाममा परिवर्तन हुन सक्ने देखिन्छ।