काठमाडौँ । दोलखाको मालु मतदान केन्द्रमा तनाव भएको छ । नेपाली कांग्रेस र नेकपाले बुथ कब्जा गरेपछि स्थीति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर श्रीराम तिमल्सिनाका अनुसार विवाद पछि दलका कार्यकर्ताहरुले मतदान केन्द्रका कर्मचारीमाथि हातपातको प्रयास गरेका थिए । त्यसपछि प्रहरीले हवाई फायर गरेको हो । अहिले मतदान स्थगित भएको छ ।