काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेर तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
आइतबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।