नेपाली कम्युनिस्ट पार्टी नेकपा रुकुम पश्चिमको चुनावी प्रचारप्रसार तथा जनभेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर करिब ३० जनाले नेकपामा प्रवेश गरेका छन् । आठबिसकोट ११ मा आयोजित उक्त जनभेटघाट कार्यक्रम मा नवप्रवेशीहरुलाई नेकपाका उम्मेदवार गोपाल शर्माले पार्टीमा स्वागत गरेका हुन् ।
आज आयोजित कार्यक्रममा नेकपा एमाले बाट रमिता ओली,गिता ओली,अन्जना ओली, वीर बहादुर कामी, दिप्ती ओली,मिना ओली,दिपा थापा,बिमला विक,रुपा कामी ,लाल बहादुर पुन,गणेश खड्का, मने पुन , चन्द्र पुन , धनसरी र टिके पुन
नेपाली काँग्रेस अमृत बटाला, सितली कामी,पृथ्वी बहादुर कुसारी,रामलाल बटाला,लक्ष्मी कुसारी,टेक बहादुर सार्की,सितली कामी,प्रेम बहादुर खड्का ,तुलसा ,मन्जित कामी , दलजित परियार र प्रलोपा ११ नम्वर वडा कमिटी अध्यक्ष भद्र बहादुर सेर्पाली लगयातका अन्य नेताकार्यकर्ताले पार्टी प्रवेश गरेका हुन।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्नेहरुको संङ्ख्या बढ्दै गएको छ ।