एकदिन अगाडि मात्रै नेता चिन्नु पर्ने र टिकट किन्नु पर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु हो ? भन्दै आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका रास्वपा नेता राजु राइले पार्टी त्याग गरि स्वतन्त्र रहने घोषणा गरेका छन ।
राजनीति भनेको सोझो र इमानदार मान्छेले गर्ने होइन रहेछ भनेर दुख व्यक्त गर्दै आज बाट पार्टीको लागि एक रुपैयाँ पैसा र एक सेकेण्ड समय खेर फाल्ने छैन भनेर उनले लेखेका छन ।
केहि समय देखि आफ्नो सामाजिक सञ्जालमा असन्तोषजनक पोस्ट गर्दै आइरहेका राइले स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी त्याग गरेको कुरा स्पष्ट पारेका छन ।
कास्की जिल्लामा सक्रिय रहेका राई अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका थिए भने यसपटक चुनावको मुखैमा आएर पार्टी त्याग गरेका हुन ।