धादिङको थाक्रे स्थित सातकिलामा स्थानीयहरुले सडक अवरुद्ध गर्दा विभिन्न जिल्ला बाट काठमाण्डौ प्रवेश गर्ने र काठमाण्डौ बाट बाहिरी जिल्ला तर्फ जाने यात्रुहरु केहि समय सडकमै अलपत्र परेका हुन ।

बेन्च राखेर अवरुद्ध गरिएको दृश्य
लामो समय देखि निर्माण कार्य चलिरहेको उक्त सडक खण्डमा कामको ढिलासुस्तीले गर्दा निर्माण सम्पन्न नभएको र सडक छेउछाउ बसोबास गर्दै आएका स्थानीयहरुलाई धुलोको सास्ती भएको भन्दै ढुङ्गा र बेन्च राखेर सडक अवरुद्ध गरेका थिए ।
मुख्य सडक भएको हुँदा हजारौं सवारीसाधन आवतजावत गर्ने साथै धुलाम्य बाटो बाट धुलो उडेर बालबालिका वृद्ववृद्वाहरु लगायतको जनजीवन प्रभावित र अस्वस्थ भएको भन्दै पटकपटक ठेक्केदार र सम्बन्धित निकायहरुलाई जानकारी दिदैँ कम्तीमा धुलो नउड्ने गरि पानी हालिराख्न अनुरोध गरेको भए पनि स्थानीयहरुले भनेअनुसार नभएको र दिनहुुँ धुलोमा बस्नुपरेकोले सडक अवरुद्ध गरेको स्थानीयले उज्यालोपाटीसँग बताएका छन ।

अलपत्र यात्रीहरु
सडक अवरुद्ध हुँदा केहि समय माहोल तनावग्रस्त बनेको थियो भने सयौं सवारीसाधन अव्यवस्थित भई बाटोमा रोकिँदा अति संवेदनशील अवस्थाका बिरामी बोक्ने एम्बुलेन्सहरु समेत जाममा परेका थिए ।