रुकुम पश्चिम । जिल्लामा पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको छ। नेतृत्वको कार्यशैली र ठोस एजेण्डामा स्पष्टता नआएको भन्दै केही स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन्।
यही असन्तुष्टिका बीच विभिन्न वडाबाट सक्रिय दर्जनौं नेता–कार्यकर्ताहरूले एमाले त्यागेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको घोषणा गरेका छन्।
प्रवेश कार्यक्रममा बोल्दै आठबिसकोट १ का पैले घर्ती भन्छन् , “जनताको पक्षमा काम गर्ने र संगठनलाई बलियो बनाउने उद्देश्यले” निर्णय लिएको हुँ । नेकपा नै नरहेको प्रलोपा सँग एमालेले सहकाॠ गरेको भन्दै उनेले पार्टी त्यागेको बताए। त्यस्तै एमालेका स्थापित नेता एवं नेपाल शिक्षक संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज संगम केसीले एमाले त्यागेर नेकपा प्रवेश गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन रूकुम पश्चिमका जिल्ला सचिव टिकाराम बिष्ट नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेकपाका जिल्ला नेतृत्वले भने नयाँ साथिहरूको आगमनले संगठन अझ सुदृढ हुने दाबी गरेको छ।
कार्यकर्ता लाई नसोधी जनार्दन शर्मा नेतृत्व समुहलाई समर्थन गरेको असनुष्टी जनाउँदै नवप्रवेशीहरुले नेकपामा प्रवेश गरेका हुन।