रुकुम पश्चिम । नेकपाको तर्फबाट रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्य उम्मेदवार गोपाल शर्मालाई मन्त्री बनाउने प्रचण्डले प्रतिबद्धता गरेका छन् । पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता गोपाल शर्मालाई क्याबिनेट मन्त्रीको रुपमा सिफारिस गर्ने प्रतिबद्धता गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ माथिल्लो छिङ गाउँमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, गोपाल शर्मा अनललाई अत्याधिक बहुमतले विजयी गराउनुहोस म उहाँलाई क्याबिनेट मन्त्री बनाउँछु।
त्यस्तै अध्यक्ष प्रचण्डले सोलाबाङ र सल्ले हुँदै रुकुम पूर्व जोड्ने र रिम्ना हुँदै,बाँफिकोटको पिपल हुँदै रुकुमपुर्व जोड्ने सडक स्तरोन्नती तथा कालोपत्रे गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।