रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध एचपिभी खोप अभियान आजबाट सुरु भएको छ । रुकुम पश्चिम जिल्लाका ६ वटै पालिकामा आजबाट खोप अभियान सुरु भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
Advertisement
जिल्लाका सबै विद्यालय तथा स्वास्थ्य संस्थाबाट खोप दिइने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभरका १ सय २८ विद्यालय र ७६ स्वास्थ्य केन्द्रहरूमा खोप अभियान सुरु भएको छ ।
जिल्लाभर यो वर्ष १ हजार ८ सय ५० बालिका तथा किशोरीलाई यो खोप दिने लक्ष राखिएको जनाईएको छ । जिल्लामा यो अभियान फागुन १ गतेसम्म सञ्चालन हुने छ ।