रुकुम पश्चिममा संघ सरकारबाट २० वर्षको समयमा ५ वटा मोटरेवल पुल निर्माण हुँदा प्रदेश सरकारबाट २ वर्षमै ५ वटा पुन निर्माण भएका छन् । भने १० वटा आयोजना मध्येमा केही निर्माणाधीन र अन्य टेण्डर आहृवान भएका छन् । तत्कालीन माओबादीबाट रुकुम पश्चिमको प्रतिनिधित्व गर्दै ४ पटक मन्त्री र ५ पटक सांसद बनेका जनार्दन शर्माको पहलमा जिल्लामा जम्मा ५ वटा मात्र मोटरेवल पुल निर्माण भएको नेकपाका एक नेताले बताए ।
उनी सांसद तथा मन्त्री हुँदा रुकुममा गांराघाट पुल, राडिबजार- मन्मै पुल, सिम्लिबजार-पुदि पुल, सिम्रुतुखोला पुल र गिजागारखोला पुल निर्माण भएको बताइएको छ । तत्कालीन माओबादी र हाल नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल शर्मा (अनल) र रातो कामी आर्टी प्रदेश सरकारमा हुँदा उनीहरूको पहलमा मुसिकोट ३ छेडा खोला पुल चौफा मोटरेवल पुल, बैरागीठाँटि खोला पुल, सालागार खोला पुल र घेत्माखोला पुल निर्माण भएको बताईएको छ ।
अहिले रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्दै प्रदेश सरकारका सांसद महेन्द्र के सी (पारसमणि) को पहलमा १० वटा पुलहरू मध्ये केही निर्माणाधीन, केही टेण्डर प्रक्रियामा तथा स्रोत सुनिश्चित हुन बाँकी रहेको बताइएको छ । तिल्चाखोलामा ८ करोड ७९ लाख(निर्मानाधिन), पुमा खोलामा ७ करोड १८ लाख (टेण्डर भएको), छिन्खेत खोलामा ६ करोड(टेण्डर हुँदै), पेदिखेत खोलामा २ करोड ५८ लाख(टेण्डर हुँदै), देउताखोलामा ४ करोड ९६ लाख, स्यानिपिब्ली खोलामा ८ करोड(टेण्डर हुँदै), घारिखोला पुलमा ६ करोड(टेण्डर प्रक्रियामा), सांखखोलामा १ करोड (सिडमनी) स्रोत सुनिश्चित हुन बाकी, चुनखोलामा १ करोड (सिडमनी)स्रोत सुनिश्चित हुन बाकि र कालाखोलामा १ करोड(सिडमनी)स्रोत सुनिश्चित हुन बाकि रहेको जनाएको छ ।
२० वर्ष रुकुम पस्चिमको प्रतिनिधित्व गरेका जनार्दनको पहलमा भन्दा प्रदेश सरकारमा हुँदा जिल्लाका अरु नेताको पहलमा धेरै काम भएको नेकपाका नेताहरुको दाबी छ । जनार्दनले ०७४ साल यता जिल्लामा जनार्दनले विकास निर्माणका काम मा सक्रियता नदेखाएको बताईन्छ ।