• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, फागुन २०, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ४. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ५. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ६. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ७. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ८. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ९. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

  • १०. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।


  •   शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित
  • प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिती कास्कीको आयोजनामा पत्रकार सम्मेलन एवं उम्मेदवार परिचय कार्यक्रम हिमालयन रिडर्स कर्नर पोखरामा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर १ प्रत्यक्ष तर्फका उम्मेदवार कर्ण बहादुर गुरुङ्गले आफुसँग अरु केहि नभएको भन्दै मसँग भएको विचार र भिजन हो त्यही लिएर चिया खर्चमा पनि चुनाव जित्न सकिन्छ भन्ने अभियान सहित ३० हजारमै चुनाव लड्ने बताएका छन ।आफ्नो चुनावी प्रसार खर्चिलो र भड्किलो नहुने साथै भव्यताका साथ घरदैलोमा हिडिरहेका अन्य दलका उम्मेदवारहरु केवल झुटा सपना देखाउन जनता माझ गएको र आफुले त्यस्तो झुटो आशा देखाउन नसक्ने उनले बताए । अहिलेको अवस्थामा भिडको पछाडि माहोल तातिएकोमा उनले थपे कुनै विचार छैन विधान छैन भने त्यो दलगत होइन व्यक्तिविशेष उम्मेदवारी हो । कुनै व्यक्तिको पछाडि भिड लाग्यो भन्दैमा देशको विकास भैहाल्छ भन्ने हुँदैन सहि विचारले नै विकास गर्न सकिन्छ भन्दै अब उम्मेदवारले मतदाता होइन मतदाताले उम्मेदवार खोज्ने बेला आएको बताए । देश गम्भीर अवस्थामा रहेको र सचेत भएर मतदान गर्न मतदातालाई अनुरोध गरेका छन ।

    त्यसैगरी कास्की क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार दिपक भण्डारीले २०८४ मा हुनुपर्ने चुनाव २०८२ मा हुन गइरहेको र आफू आँखा चिन्ह लिएर जनतासामु उभिएको बताएका छन । पटकपटक आन्दोलन हुँदै जाने क्रममा जेन्जी आन्दोलन भयो जुन आवश्यकता थियो थिएन भन्ने कुरा आफ्नो पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले पहिले नै भनिसकेको प्रष्ट पार्दै २०७२ सालमै बाबुराम भट्टराईले वैकल्पिक शक्ति चाहिन्छ भनेर सबभन्दा पहिला विचारको बीउ रोपेको जनाएका छन भने २०७९ सालमै भट्टराईले सबै ठुला भनिएका दललाई सतर्क रहन आग्रह गरेको तर नसुनेर त्यसको फल भदौको जेन्जी आन्दोलन भएको दाबी गरेका थिए । उनले भने म ठुला आशा बाढ्न चाहान्न कास्की जिल्ला अझ त्यसमा पोखरा आफैमा सुन्दर छ पर्यटकीय राजधानी हो तर पोखरा लगायत पुरै देशमा देखिएको फोहोरको समस्यालाई व्यवस्थापन गर्न हातेमालो गर्न तयार छु । फोहोर व्यवस्थापन गर्न सकिन्छ फोहोरलाई मोहोरमा बदल्ने आफ्नो योजना रहेको र फोहोरलाई उत्पादनसँग जोडेर फोहोर बाटै युवाहरुलाई रोजगार समेत दिलाउन सकिने उनले बताए । पोखरा भन्ने बित्तिकै पर्यटनसँग जोडिन्छ यसको आसपासमा प्रवल सम्भावना भएका ठाउहरुलाई व्यवस्थापन गर्न पर्छ चुनाव पछि आफू नीति निर्माण गर्ने ठाउमा पुग्ने साथै आफुलाई दिइएको मतको अन्याय नहुने उनले बताए ।

    महिला तर्फ समानुपातिकको बन्द सुचीमा रहेकी उम्मेदवार दुर्गा गुरुङ्गले आफ्नो उम्मेदवारी जित्नको लागि मात्रै होइन आम नागरिकको जनभावना अनुसारको काम गर्नको लागि जतनाको सेवा साथै पोखरा सँगै देशको विकासको लागि रहेको बताएकी छन् ।

    समानुपातिक बन्द सुची तर्फकै अर्का उम्मेदवार महेश सुनार (गोदार ) ले आफ्नो परिचयात्मक मन्तव्यमा देश चुनावमय भैसकेको छ कसैले हुन्छ भनेर दौडिएको र कोहि के हुन्छ के हुन्छ भनेर मौन बसेको आफुले देखिरहेको भनेका छन । उनले भने हिजोको जस्तो प्रत्यक्ष चुनावी माहोल छैन अहिलेको चुनाव सामाजिक सञ्जाल केन्द्रित जस्तै छ हामी सबैभन्दा कान्छो पार्टी हो कान्छोलाई माया गरिदिनु होला । सामाजिक र सांस्कृतिक रुपान्तरण आफ्नो मुख्य योजना हुनेछ भन्दै समाजका धेरै अङ्ग बिरामी छन उपचार गर्नुपर्ने उनाले बताए । बोल्ने र गर्ने कुरा फरक हो आजसम्म माटो अनुसारको बाटो बनेन जहाँ बुद्ध बने त्यो माटो अनुसारको विकास गरिएन हामिले सिङ्गापुर र अमेरीका बनाउन खोजियो त्यसैले सहि विकास हुन नसकेको धाराणा व्यक्त गरे । तालै तालको शहर पोखरा ताल भनेको स्त्रीको आँखा जस्तै रहेको र त्यो आखामा गाजल लगायो भने संसारलाई मोहनी लगाउन सकिने हुँदा पर्यटनको अझ बढी विकास गर्न सकिने बताएका छन ।

    कार्यक्रममा सहभागिता जनाउन आएका प्रगतिशील लोकतान्त्रिक पार्टीकै स्याङ्जा क्षेत्र नम्बर १ प्रत्यक्ष तर्फका उम्मेदवार रणबहादुर बिश्वकर्माले सुन्दर देश नेपाललाई विकास गर्न धेरै मिहेनत गर्न नपर्ने तर सहि नेतृत्वको जरुरत रहेको बताएका छन छिमेकी देशहरु कहाँ बाट कहाँ पुगिसके हामी कहाँ छौ भन्ने कुरा गम्भीर रूपमा लिनुपर्ने उनले प्रष्ट पारेका छन भने अन्य देशले आर्टिफिसियल तरिकाले देश विकास गरेको छन तर हामिलाई प्रकृतिले नै धेरै कुराहरु दिएको छ त्यसलाई सदुपयोग गर्नुपर्ने जनाउदै देशमा रोजगार सृजना गर्नु पर्नेमा जोड दिएका छन । रोजगार नहुँदा सक्षम युवा जति बिदेशमा जान बाध्य भएपछि वृद्ध आमा बाबुहरुले कसरी विकास गर्ने भन्ने कुरामा चिन्ता व्यक्त गरे । त्यसैगरी उनले पोखरा मुग्लिङ जोड्ने सडको विकासको उदाहरण दिँदै सात अरबमा यति विकास हुन सक्ने रहेछ तर यहाँ त एउटै वक्तिले सात अरबको सातौ गुणा भ्रस्टाचार गरेका छन त्यसलाई रोक्ने हो भने धेरै विकास गर्न सकिने साथै शिक्षा र स्वास्थ्यलाई जनता सामु पुर्‍याउने अनि सुशासन सहितको नियम पालना गराउनेमा जोड दिनुपर्ने उनको भनाई थियो ।

    प्रमुख अतिथिको रुपमा उपस्थित भएका केन्द्रीय अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले उम्मेदवारहरुलाई जितको लागि शुभकामना दिँदै भने भदौमा जेन्जी आन्दोलन पछी एउटा अवस्थामा हामी प्रवेश गर्‍यौ अहिले हुन लागेको नियमित निर्वाचन होइन तर भ्रस्टाचार विरुद्धको निर्वाचन हुने छ । उनले थपे भ्रस्टाचारको विरुद्ध हुने निर्वाचन सबैभन्दा भ्रस्टाचारीलाई सदनमा पुर्‍याउने निर्वाचन नहोस् । बजारको भिड हेर्दा लाग्छ सबैभन्दा खराबलाई छान्न पो उदृत भएका छौ कि भन्ने आफुलाई लागेको व्यक्त गरेका छन । उनले नयाँ भनिने र भिडलाई एउटा दिशामा लिएर हिड्नेहरुलाई संकेत गर्दै विचार नचाहिने सिद्धान्त नचाहिने तर यिनिहरुलाई भोट मात्रै चाहिने भनेका थिए । परियाले हामी अहिले लोकतान्त्रिक अभ्यासमा छौ त्यसले हामीलाई जेन्जी आन्दोलन गर्ने ठाउँमा पुर्‍यायो भने साथै जेन्जी आन्दोलनले निकै ठूलो राजनीति परिवर्तन गरेको र यसको आफुहरुले समर्थन गर्ने जनाए ।

    निर्वाचन भन्दैमा सबै राम्रा नै छानिन्छन भन्ने पनि हुँदैन कति तानाशाह निर्वाचन बाटै आएको कुरा प्रष्ट पार्दै सबैलाई अनुशासित , सचेत र नैतिक रहन आग्रह गरेका छन । त्यसैगरी हामी अनुसासित , सचेत र नैतिक भयौ भने भ्रस्टाचार हुँदैन भनेका थिए । अहिले हुन लागेको सामान्य निर्वाचन होइन प्रत्येक नागरिकले सचेत भएर सोच्ने निर्वाचन हो यदि सचेत भइएन भने हाम्रो पक्षमा मात्रै होइन अबको सरकार देशकै पक्षमा नहुन सक्ने उनले दाबी गरेका छन । पछिल्लो समय चर्चामा रहेका तर जवाफमा शुन्य देखिने अनुहारहरुलाई केन्द्रित गर्दै परियारले राजनीति भनेको जवाफ देहितामा चल्नुपर्ने तर बोल्न नसक्नेहरु पछि भिड लागिरहेको आरोप लगाएका छन । उनका अनुसार देशमा संविधान संसद र लोकतन्त्र कमजोरहरुलाइ चाहिने भनेका छन भने बलियाहरुलाई यी सबै नचाहिएको बताएका छन साथै कमजोरहरुलाई लोकतान्त्रिक अभ्यास चाहिन्छ संविधान चाहिन्छ भन्ने कुरा बुझ्न अनुरोध गरेका छन भने संसद जलाउनेहरुलाई संसद विघटन गर्नेहरुलाई आज संसदमा किन पठाउने भनेर प्रश्न गरेका छन ।

    पछिल्लो समय राजनीतिमा देखिएको माहोललाइ सम्बोधन गर्दै उनले भने अहिले कलाकार , डाक्टर , इन्जिनियर सबैलाई सांसद हुनु परेको छ देशमा के भइरहेको छ भन्ने बुझ्नै गाह्रो रहेको र कोहि पेशा छोडेर राजनीतिमा आउँछ भने उनिहरुलाई स्वीकार नगर्न आग्रह गरेका छन त्यस्तै गीत गाएर चर्चामा आएको भरमा सांसद हुने खोज्नेलाई खारेज गर्नुपर्ने सम्म भनेका छन । उनले अझ प्रष्ट पार्दै बोले जिम्मेवार नागरिकले आफ्नो पेशा छोडेर राजनीतिमा आउने होइन आफ्नै ठाउँ बाट काम गर्नुपर्छ ।

    अब हुन लागेको निर्वाचनमा सबै जनतालाई जिम्मेवार हुन अनुरोध गर्दै हामी जिम्मेवार भएनौ भने संसद सर्कस हुनेवाला छ भनेका छन अब संसदमा नीति नियम र कानुन बनाउन बहस हुनेवाला छैन नेताको चर्चा हुनेछ देश र जनताको हकमा बहस हुनेवाला छैन भन्ने कुरा बुझेर जनता जिम्मेवार बन्नुपर्ने जनाएका छन । साथै निर्वाचन लोकतान्त्रवादी हरुको हो कि लोकप्रियता वादीहरुको हो भनेर समेत प्रश्न समेत गरेका थिए ।

    शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।
    भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।
    ह्वात्तै बढ्यो सुनको मुल्य
    इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प
    चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।
    आज मधेसका चार जिल्लामा कांग्रेसको चुनावी सभा, गगन थापा चार वटै सभामा पुग्ने ।

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ४.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    • ५.
      शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

    • ६.
      काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

    भर्खरै

    • १.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • २.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ३.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    • ४.
      साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    • ७.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ८.
      आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.