• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

कालिका मा.वि. को ६२औँ वार्षिकोत्सव सम्पन्न ।


  •   बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
  • पोखरा महानगरपालिका वडा नम्बर १० स्थित कालिका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर थापाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement


    पोखरा महानगरपालिका १० नम्बर वडा अध्यक्ष राजेश गुरुङ्गको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा पोखरा महानगरपालिका कै शिक्षा महाशाखाका बरिस्ठ शिक्षा अधिकृतद्वय कृष्णप्रसाद भण्डारी र बद्रीनाथ सुवेदी साथै वडा नम्बर १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँ विशेष अतिथिको रूपमा रहेका थिए । विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्वहरु , समाजसेवी , शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण के.सी. , कालिका पब्लिक कलेज संचालक समितिका अध्यक्ष गीता आचार्य लम्साल , कलेज संचालक समितिका सदस्यहरु , विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्य कलेज प्रमुख ज्योतिबाबु पौडेल लगायत भुतपुर्व प्र.अ , विद्यार्थी छिमेकी विद्यालयका प्रतिनिधिहरु अतिथिका रुपमा आमन्त्रित गरिएको थियो ।

    कालिका बागिना क्लबद्वारा राष्ट्रिय गान र गुरु बन्धना प्रस्तुती सँगै उपस्थित प्रमुख अतिथि , विशेष अतिथि लगायत सम्पुर्णले पानसमा सामुहिक दीप प्रज्ववलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो भने विद्यालयका शिक्षक ज्ञानबहादुर थापाले कार्यक्रम संञ्चालन गरेका थिए । शिक्षकहरुको तर्फबाट स्वागत नृत्य समेत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रमका सभाध्यक्ष दिपक बहादुर थापाले स्वागत मन्तव्य राख्दै विद्यालयलाई नेपाल सरकारले नमुना विद्यालयको रुपमा घोषणा गरेकोमा खुशी व्यक्त गरे भने विद्यालयको हरेक उन्नति प्रगतिको लागि वडा नम्बर १० र पोखरा महानगरपालिका शिक्षा महाशाखा हरपल सहायता पाएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको निरन्तरतामा आशावादी रहेको बताएका छन ।


    स्वागत मन्तव्यकै क्रममा सम्पुर्ण विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै कक्षा १० मा अध्यनरत छात्रा प्रविना श्रेष्ठले आफ्नो मन्तव्य राख्दै प्रविधिको विकासको गति सँगै आफ्नो विद्यालयले पनि स्तरोन्नति गर्दै प्रविधिमैत्री पठनपाठनले विद्यार्थीहरुलाई सहज बनाएको र विभिन्न व्यवहारिक शिक्षाहरुको प्राप्तिले गर्दा वौद्विक विकासमा सहायता गरेको साथै एउटा उत्कृष्ट नमुना विद्यालयमा अध्ययन गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

    कार्यक्रमा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले विद्यालयको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न तहमा गरि विद्यालयमा अध्ययनरत विद्यार्थीको कुल संख्या २२०५ रहेको साथै बाल विकास , आधारभूत तह , माध्यमिक तह र सहयोगी कर्मचारी सहित विद्यालयमा कुल १२९ जना कार्यरत रहेको जानकारी दिएका छन जसमध्य दरबन्दीमा ३३ , राहत बाट २ र निजी श्रोत मार्फत ९४ जना शिक्षक कर्मचारी रहेका छन ।

    औपचारिक विषयगत शिक्षाको अतिरिक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप , खेलकुद तथा सांस्कृतिक कार्यक्रममा सहभागी भई विभिन्न जिल्लास्तरीय , क्लष्टर स्तरीय , शैक्षिक सांस्कृतिक ,खेलकुद विज्ञान प्रदर्शनी लगायत अन्य प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट नतिजाहरु प्राप्त भइरहेको र यसै वर्ष पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा सञ्चालित राष्ट्रपति रनिङ्ग सिल्डको च्याम्पियनका रुपमा पुरस्कृत भई रनिङ सिल्ड जित्न सफल भएकोमा खुशी व्यक्त गरे ।

    विद्यालयको भौतिक र आर्थिक पक्ष सुदृढ नभई कुनै पनि शैक्षिक संस्था सबल र सक्षम हुन नसक्ने भन्दै आचार्यले आफ्नो प्रतिवेदनमा विद्यालयको भौतिक अवस्थाबारे पनि प्रकाश पारेका छन जसमा एउटा खुल्ला चौर बाट सुरुवात भएको विद्यालयले ६२औं वर्षमा आउँदासम्म हाल विद्यालयको स्वामित्वमा २१.९ रोपनी जग्गा रहेको उल्लेख गरेका छन भने ९ वटा पक्की भवन सहित ल्याव लाइव्रेरी निर्माणधिन अवस्थामा रहेको बताएका छन । विद्यालयले आर्थिक वर्ष ८१/८२ मा मात्रै ८ करोड ६४ लाख ६५ हजार ५५८ को खर्च गरेको छ भने कुल आम्दानी ८ करोड ५७ लाख १९ हजार ९७६ रहेकोमा आम्दानी भन्दा खर्च बढी देखिएको भन्दै बढी हुन आउने खर्च व्यवस्थापनका लागि अन्य श्रोतहरुको पहिचान गरि श्रोत जुटाएर विद्यालयको तर्फबाट निर्माण कार्यमा भइरहेको खर्चलाई कटौती गरिने जानकारी दिएका छन ।

    विद्यालय स्थापनाकालदेखि नै तन ,मन , धन तथा भावनात्मक रुपमा विद्यालयप्रती देखाएको सद्भाव साथै विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग तथा सद्भावको अपेक्षा रहेको बताएका थिए ।

    विभिन्न संघ संस्था , समाजसेवी भुतपुर्व प्र.अ भुतपुर्व विद्यार्थी लगायतले अक्ष्ययकोष स्थापना गरि प्राप्त भएको आर्थिक सहयोगको वार्षिक व्याज बाट कार्यक्रममा लक्षित तथा जेहेन्दार छात्र छात्राहरुलाई छात्रावृत्ती उपलब्ध गराइएको थियो । छात्रवृत्ति कार्यक्रम विद्यालयका शिक्षक कुशल लामिछानेले सञ्चालन गरेका थिए भने विभिन्न सांस्कृतिक कार्यक्रमले उपस्थिति सबैलाई मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

    प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दै विद्यालय रहेको वडा १० का वडा अध्यक्ष राजेश गुरुङ्गले आफू बोरा ओछ्याएर यही विद्यालयमा अध्ययन गरेको साथै अध्यापन समेत गराएको जानकारी दिँदै अहिले वडा अध्यक्षको रूपमा पनि विद्यालयलाई आवश्यक सहयोग गरिरहेको बताएका छन भने वर्तमान अवस्थामा +२ होटल व्यवस्थापन र विज्ञान विषय अध्यापनको लागी जरुरी देखिएको कफि बनाउने मेसिन र विद्यालयको पठनपाठनलाई समय सापेक्ष रुपमा प्रविधिमैत्री बनाउन विद्यालयले सुरुवात गरेको लक्ष्य पूरा गर्नको लागि केहि थान स्मार्टवोर्डहरु समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

    कार्यक्रम स्थलमा विभिन्न स्टलहरु राखी शैक्षिक प्रदर्शनी , विज्ञान प्रदर्शनी गरिएको थियो भने होटल व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीहरुले फूड फेस्टिवल समेत आयोजना गरि उपस्थित अतिथिहरुलाई मीठो परिकारहरु खुवाएका थिए साथै अन्य विभिन्न व्यक्तिहरुको विशेष मन्तव्य र नृत्य प्रदर्शन सहित कार्यक्रम भव्यताका साथ समापन भएको थियो ।

    बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
    बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन
    बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते
    बाढीबाट बाँचेका घर्तीको रोधन : जब छोरा छोरी नै साथमा छैनन् भने बाँचेर पनि के गर्नु
    भोटेकोशीमा बाढी : ७५२ जनाको शव फेला

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.