चुनावी प्रचारप्रसारलाई सादगी, मितव्ययिता र जनमुखी बनाउने उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमका उम्मेदवार गोपाल शर्माले यस पटकको चुनावमा खादा–माला नलगाउने घोषणा गरेका छन् । शर्माले अनावश्यक तडक–भडक र खर्च घटाएर प्रत्यक्ष जनतासँग भेटघाट, संवाद र मुद्दामुखी बहसमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समर्थक तथा शुभेच्छुकहरूलाई पनि खादा–माला भन्दा विचार, सुझाव र साथ दिन आग्रह गरिएको छ। चुनावलाई संस्कार, नीति र कामको प्रतिस्पर्धाका रूपमा अघि बढाउने लक्ष्य लिइएको बताइएको छ।
जनभेटघाट कार्यक्रमा उम्मेदवार शर्माले विभिन्न खालका तामझाम र खादा माला लगाएर फजुल खर्च र स्टण्डबाजि गरेर चुनाव नजितिने जिकिर कसैको पनि प्रलोभन र भ्रममा नपर्न नेता,कार्यकर्ता तथा मतदाताहरु लाई आग्रह गरेका छन् ।
रुकुम पश्चिममा जिल्लाभर पार्टीको संगठन निकै बलियो रहेको बताउँदै शर्माले भने हामिले चुनाव जित्ने कुरामा दुइमत छैन,अरु कसैले जित्ने कल्पना समेत नगरे हुन्छ । हामी फागुन २१ को निर्वाचन भारी मतान्तरले जित्नेछौं र त्यही दिन मात्रै खादा माला लगाउनेछौं।