रुकुम पश्चिम । नेपाली कम्युनिस्ट पार्टीका नेता ठगेन्द्र प्रकाश पुरीले एमालेले मोलतोल गरेर जनार्दन शर्मालाई काँधमा राखेको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी रुकुम पस्चिमले बाँफिकोट गाउँपालिका -६ रवि गाउँमा आयोजना गरेको चुनावी भेटघाट कार्यक्रममा बोल्दै पुरीले यस्तो बताएका हुन् ।
Advertisement
राजनीतिमा नैतिकता हुनुपर्ने भन्दै जनार्दनले नैतिकता र कम्युनिस्ट बिचार एकैपटक छोडेर एमालेका अथलाहरुको काँध चढेको बताए । उनले भने,एमालेले जनार्दन लाई नै बोक्ने हो भने उम्मेदवारी किन दिएको? निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय तोक्दा समेत नाम फिर्ता नलिएर अन्तिम मोलमोलाइ गरेर जनार्दन लाई एमालेले काँधमा राखेको बताए ।
जनार्दनले पार्टी छोडेर अथला समुहहरु सँग सहकार्य गरेर रुकुमेली जनतालाई धोका दिएर बरालिदैँ हिडेको भन्दै पुरीले जनार्दन को लजास्पद हार हुने बताए ।