काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको बताएका छन् ।
Advertisement
प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञसँग सुझावका लागि छलफल गर्ने क्रममा ओलीले त्यस्तो बताएका हुन् ।
प्रचार संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार ओलीले भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुऱ्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने भनेका छन् ।