जाजरकोटको बारेकोट गाउँपालिकाले स्थानीय यातायात तथा आपतकालीन साधन (एम्बुलेन्स ) प्रयोग गर्दा अत्यधिक भाडादर तोकेको विषयलाई लिएर स्थानीयवासीमा जनआक्रोश बढेको छ। गाउँपालिकाको निर्णयले सर्वसाधारण सेवा लिनसमेत चर्को भाडा तिर्न बाध्य भएको गुनासो स्थानीयको छ।
Advertisement
स्थानीयका अनुसार बिरामी बोक्ने, आपतकालीन उद्धार तथा दैनिक आवतजावतमा प्रयोग हुने साधनमा समेत अस्वाभाविक रूपमा महङ्गो भाडादर तोकिँदा नागरिक प्रत्यक्ष मारमा परेका छन्। “स्थानीय साधन जनताको सहजताका लागि हो, नाफाका लागि होइन,।
जनताको जीवन र जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा गाउँपालिकाले जनमैत्री निर्णय लिनुपर्नेमा उल्टै बोझ थपिएको भन्दै स्थानीयले तत्काल भाडादर पुनरावलोकन गर्न माग गरेका छन्। उचित र पारदर्शी मापदण्ड नबनाइए आन्दोलन गर्ने चेतावनीसमेत स्थानीयवासीले दिएका छन्।
यस्तो छ भाडादर
