पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन्।उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर आज अपराह्न आफ्नो मनोनयन दर्ता गराएका हुन ।
Advertisement
डा. भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेन जेड अगुवा रिजन राना मगर रहेका छन्।
पूर्वमा डा. भट्टराईले विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग नलिएका थिए। तर, उनी संविधान सभा सदस्य निर्वाचन २०६४ र २०७४ मा सोही क्षेत्रबाट विजयी भएका थिए भने २०७० सालको दोस्रो संविधान सभा निर्वाचन मा गोरखा-१ बाट निर्वाचित भएका थिए।