आठविसकोट नगरपालिका नगर सभाको १९ औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनमा चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन गरिएको छ भने २०८२ साउन १ गतेदेखि पुष मसान्तसम्मको आय–व्यय विवरण सार्वजनिक गर्दै प्रगति समीक्षा गरिएको छ।
Advertisement
सभामा आ.व. २०८२/०८३ को आर्थिक कारोबारसम्बन्धी अन्तिम लेखापरीक्षणको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदनमाथि समेत विस्तृत समीक्षा गरिएको थियो। साथै, नगरपालिकाको आपतकालीन कार्यसञ्चालन कार्यविधि, २०८२, अनुदान सहायता रकम निकासा कार्यविधि, २०८२ तथा कृषि व्यवसाय सञ्चालनका लागि उद्यम र उद्यमीको छनौट तथा अनुदान परिचालन कार्यविधि, २०८२ लाई अनुमोदन गरिएको छ।