नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जित हासिल गर्ने दाबी गरेका छन्।
Advertisement
नेकपा रुकुम पश्चिमले आयोजना गरेको पार्टी एकता सन्देश सभा कार्यक्रममा बोल्दै नेपालले कम्युनिष्ट आन्दोलन अझै बलियो अवस्थामा रहेको भन्दै जनताको विश्वास पुनः कम्युनिष्ट शक्तितर्फ फर्किंदै गएको बताएका हुन्। उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका सवालमा कम्युनिष्ट पार्टी नै जनताको भरोसायोग्य शक्ति भएको दाबी गरे।
“देशलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा लैजान कम्युनिष्ट विचार अपरिहार्य छ,” उनले भने, “आगामी चुनावमा जनताले नेपाली कम्युनिष्ट पार्टीलाई विजयी गराउनेछन्।” मेचीमहाकाली देखि ७७ वटै जिल्ला र ७ प्रदेशमा चम्किलो तारा उदाई सक्यो। अहिले हाम्रो पार्टी लोकप्रीय भैसक्यो।