नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली रुकुम आउने कार्यक्रम तय भएको छ। पार्टीका अनुसार प्रचण्ड रुकुममा पार्टीको एकता सन्देश सभामा र नेता–कार्यकर्तासँग भेटघाट तथा राजनीतिक छलफलमा सहभागी हुनेछन्।
Advertisement
नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमको आयोजनामा भोली हुने एकता सभा सन्देशमा उनी सहित सहसंयोजक माधव कुमार नेपाल पनि रुकुम आउने बताइएको छ। समकालीन राजनीतिक अवस्थाबारे समेत उनले धारणा राख्ने अपेक्षा गरिएको छ। प्रचण्डको रुकुम आगमनलाई स्थानीय राजनीतिमा महत्वपूर्ण चासोका रूपमा हेरिएको छ।
आयोजकका अनुसार सभाको लागी तीव्र तयारी गरिएको छ। रुकुम पश्चिमको सदरमुकाम मुसिकोट स्थित बराहटाकुरामा हुने कार्यक्रमको मंच तयार भएको बताईएको छ। नेकपाका अनुसार भोली सभाका लागी १० हजार मानिस उतार्ने दाबी गरिएको छ।