काठमाडौं । नवौं एनभिए भलिबल च्याम्पियनसिपमा आज महिला र पुरुष दुबतर्फ सेमिफाइनल खेल हुँदैछन् ।
Advertisement
पुरुष भलिबलको पहिलो खेलमा हेल्प नेपाल र पुलिसबीचको पहिलो सेमिफाइनल दिउँसो २ बजे सुरु हुनेछ। भने ४ बजे आर्मी र रुकुम पश्चिमले दोस्रो सेमिफाइनल खेल्नेछन्।
यसपटक ३ पाकिस्तानी खेलाडी उतारेको रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनल पुगेको छ। एपिएफलाई २२-२५ २५-२०,२५-१६,२५-२० ले हराएर रुकुम पश्चिम अघि बढेको छ।