सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–मा कोठाभित्र कोइला बालेर सुत्दा निसास्सिएर एक शिशुको मृत्यु भएको छ। अत्यधिक चिसोका कारण कोठाभित्र कोइला बालेर सुताइएका शिशु बिहान नउठेपछि परिवारले जाँच गर्दा मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ।
Advertisement
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्ने तारा बुढाकी ३८ दिनकी शिशु प्रतीक्षा बुढा रहेकी छन् ।
कोठामा निस्किएको धुवाँ र अक्सिजनको कमीका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै चिसो मौसममा कोठाभित्र कोइला, दाउरा वा ग्यास बालेर सुत्दा ज्यान जोखिममा पर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।