काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपश्चात शुक्रबारर जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त भएका हुन्।
Advertisement
थुनामुक्त भएर अदालत बाहिर निस्किएपछि सम्बोधन गर्दै उनले न्याय पाउन बाँकी रहेको बताए। उनले भने, ‘उनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। सम्पूर्ण हिसाब गर्नुछ। हिसाब मिलाउन बाँकी नै छ।
न्याय पाउन बाँकी नै छ। म आशा गर्छु कि देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदै छ। केही समय धैर्य गर्नुहोला। मैले धेरै कुरा भन्न बाँकी छ।’