पोखरा महानगरपालिकाले ६७औं स्थापना दिवस एक भव्य समारोहका बीच सम्पन्न गरेको छ । बुधबार सभागृह हलमा एक कार्यक्रमको आयोजना गरि महानगरले आफ्नो स्थापना दिवस मनाएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा महानगरका प्रमुख धनराज आचार्य अध्यक्ष रहेका थिए भने महानगरको निमन्त्रणालाई स्वीकार गरि देश तथा बिदेश बाट आएका व्यक्तित्वहरु अतिथि तथा विशेष अतिथिमा थिए ।

महानगर भित्र रहेका ३३ वटै वडा प्रतिनिधि , कर्मचारीहरु स्थानीय सबै मिलेर बिहान १० बजे चिप्लेढुङ्गा देखि प्रभातफेरी र्याली निकाली कार्यक्रम स्थल सभागृह हलसम्म आइएको थियो भने मुल समारोहमा आसन ग्रहण , स्वागत मन्तव्य , समुद्घाटन विभिन्न साँस्कृतिक प्रस्तुति लगायत महानगरका कार्यहरुमा प्रकाश पार्दै विभिन्न क्षेत्रमा अमुल्य योगदान दिएका व्यक्तिहरुलाई पोख्रेली नवरत्न सम्मान समेत प्रदान गरिएको उक्त कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले आफ्नो ३ वर्षे कार्यकालको उपलब्धि र संघर्ष बारे जानकारी गराएका थिए ।
