काठमाडौँको भृकुटीमण्डपमा आइतवारदेखि जारी नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि उम्मेदवारी दर्ता गरिँदै छ।
Advertisement
दोस्रो दिनको बन्द सत्र अहिले बिहान ८ बजे सुरु गरिने बताइएको छ । निर्वाचन तालिकाअनुसार प्रकाशित मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधका लागि समय तोकिएको छ।
निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंगलबार मतदान गर्ने तयारी छ।