राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भोलि शुक्रबार सुर्खेतमा हुने भएको छ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागका अनुसार सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम अन्तर्गत कर्णालीमा भोलि हुने जनाईएको छ।
Advertisement
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम गरिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिले जानकारी दिएको छ। रास्वपाले कर्णालीमा पार्टी संगठन विस्तार लाई प्राथमिकतामा राखेर पालिका देखि जिल्ला हुँदै प्रदेश सम्म सक्रियता बढाएको छ।