काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले सुरु गरेको प्रदेशस्तरीय ‘सन्देश सभा’ अभियानको पहिलो कार्यक्रम आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हुँदैछ।
Advertisement
पार्टी संयोजक पुस्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल विशेष रूपमा उक्त सभालाई सम्बोधन गर्न बिहानै धनगढी पुगेका हुन्।
काठमाडौँबाट हवाई यात्रामार्फत धनगढी अवतरण गरेसँगै दुवै शीर्ष नेता स्थानीय नेतृत्त्व तथा कार्यकर्ता भेटघाटमा व्यस्त छन्।
उनीहरू दिउँसो १ बजे धनगढीको खुला मञ्चमा आयोजना हुने भव्य सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। धनगढीमा २० हजार मान्छे उतार्ने दाबी गरिएको छ ।