जेनजी आन्दोलनका अभियान्ता मिराज ढुंगानाले अब चुप लागेर नबस्ने बताएका छन। उनले सामाजिक संजालमा आक्रोश व्यक्त गर्दै सरकारले जेनजीको आवाज दबाउन खोजेको भन्दै अब चुप लागेर नबस्ने बताएका हुन्। हिजो सिंह दरबार छिर्न खोज्दा प्रहरीले उनीहरुलाई धकेल्दै अनामनगर पुर्याएको थियो।
Advertisement
ढुंगाना समुहले आफ्ना मागहरु पुरा गर्छौं भनेर कार्की सरकारले झुटो आश्वासन मात्रै दिएको बताएका छन्। उनले लेखेका छन् ,“हाम्रो आवाज दबाउने प्रयास भएको तीन महिना भयो।
प्रधानमन्त्री कार्कीबाट ‘माग पूरा गर्छौं’ भनेर आश्वासन त पाइयो, तर परिणाम आजसम्म शून्य छ। अब हामी चुप बस्नेवाला छैनौँ।
हाम्रो अधिकार, हाम्रो आवाज र हाम्रो भविष्यको कुरा हुँदा मौनता हामीले रोज्ने छैन। जसले बोली रोकेको छ, त्यसलाई अब हाम्रो दृढताले जवाफ दिनेछ। हामी बोल्छौँ, हामी उठ्छौँ, र हाम्रो अधिकार पूरा नहुन्जेल।