रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ११ सिमपाखामा जीप र मोटर साईकल ठोक्किदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ। आज बेलुका करिव ३:५० बजेतिर सिमबजार बाट चौर तर्फ गैरहेको कर्णाली प्रदेश ०३-००१ प ०९२० नम्वरको मोटरसाइकल चौरतिर बाट आइरहेको जिप सँग ठोक्किदा एक जनाको मृत्यु भएको हो।
Advertisement
मोटरसाइकलमा सवार ३ मध्ये २ जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई आठबिसकोट स्थित नगर अस्पतालमा उपचारको लागि पठाईएको छ। घटनाको प्रत्यक्षदर्शी ललित चन्दका अनुसार मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका -८ का ३५ वर्षीय टिकाराम चदरा रहेका छन्।
त्यस्तै घाइते हुनेमा नलगाड ८ का १६ वर्षीय नवराज चदरा र रुकुम पश्चिमको आठबिसकोट ११ गोईरीका १४ वर्षका कमल सुनार रहेका छन्। मोटरसाइकललाई ठक्कर दिने गाडीको पहिचान खुल्न सकेको छैन।