नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास भएको छ ।
Advertisement
एमाले नेता बस्नेत सवार गाडीमा प्रदर्शनकारीले बेलुनको लोला र रङ हानेका हुन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत आज बिहान १०:५० बजेको उडानमा आएका उनीमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।