दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज आइतबारदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको छ।
Advertisement
शनिबार बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच भएको वार्तापछि उक्त सहमति भएको हो।
वार्तामा महाअभियानले प्रस्तुत गरेका २७ बुुँदे मागबारे विस्तृत छलफल गर्दै समाधानका लागि निरन्तर संवाद अघि बढाउने सहमति दुवै पक्षबीच बनेको छ।