• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

इनिशाको शव १० दिनदेखि अस्पतालमै

रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ३. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ४. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ५. चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

  • ६. कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

  • ७. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ८. खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ९. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

  • १०. इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

दलितको दुध किन्दा डेरी नै बन्द


  •   आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
  • बैतडीमा उन्नत जातका गाई भित्र्याएर दुधको आपूर्ति गर्न डेरी पसल सञ्चालन गर्दा शेरबहादुर कुँवरले समेत पहिलो पटक जातीय विभेदको पीडा खेप्नु परेको छ । डेरी पसलमा दलित समुदायको दुध किन्न सुरु गरेपछि उहाँले जातीय विभेदको पीडा मात्रै खेप्नु भएन, उहाँको डेरी पसल नै बन्द भएको छ ।

    Advertisement

    दशरथ चन्द नगरपालिका–५, नौहाटका शेरबहादुर कुँवरले २६ वर्षदेखि उन्नत जातको गाई पाल्दै आउनुभएको छ । जिल्ला सदरमुकामका होटेलमा दुधको आपूर्ति गर्न उहाँले २०५६ सालमा भारतको पिथौरागढबाट उन्नत जातको गाई भित्र्याएको बताउनुभयो । सदरमुकाममा मात्रै अहिले चार सयभन्दा बढी उन्नत जातका गाई रहेको नगरपालिकाको तथ्याङ्क छ ।

    उहाँले भन्नुभयो, “मेरो ससुराली भारतको पिथौरागढ हो । त्यहाँ उन्नत जातको गाई पालन गरेको देखेपछि २०५६ सालमा सात दिन हिँडेर उन्नत जातको गाई बैतडी ल्याइपु¥याएँ । दलित, गैरदलित सबै किसानलाई आबद्ध गरेर कामधेनु दुग्ध सहकारी खोलेँ । दलित समुदायको दुध किन्न सुरु मात्र के गरेको थिएँ, शेरबहादुरले त दलितको दुध किन्न थाल्यो भन्दै हल्ला फैलियो ।

    त्योबेला दलितलाई होटेलमा प्रवेश गर्न समेत दिइँदैनथ्यो । दुध किन्ने ग्राहक भड्किएपछि डेरी पसल बन्द भयो । दुध खेर जाने अवस्था आयो ।” कुँवरको डेरी पसल बन्द भएयता अहिले पनि दलित समुदायको दुध बिक्री हुँदैन ।

    पीडा सुनाउँदै उहाँले थप्नुभयो, “सदरमुकामका अधिकांश होटेलमा पाउडर दुधको चिया खानुपर्ने बाध्यता भएका बेला दुधको आपूर्ति गर्न खोज्दा जातीय विभेदको पर्खाल खडा भयो । तैपनि हिम्मत हारिनँ । गाउँभरिको दुध घरमै सङ्कलन गरेर बिक्री गर्न सुरु गरेँ ।” भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ ।

    उहाँलाई धर्मपत्नी देवकी कुँवरले हौसला दिनुभयो । डेरी पसल बन्द भए पनि दलितलाई घरमै दुध लिन आउने सुझाव दिएपछि शेरबहादुरले जर्किनमा दुध बोकेर सरकारी कर्मचारी, सेनाप्रहरीका ब्यारेक र डेरामा बस्ने दलित विद्यार्थीलाई दुधको आपूर्ति गर्न सुरु गर्नुभयो ।

    कष्टका दिन सम्झिँदै देवकी कुँवरले भन्नुभयो, “डेरी पसलमा दलित समुदायले सबैभन्दा राम्रो दुध ल्याउँथे । दुधको शुद्धता परीक्षण गर्दा पानीको एक थोपा पनि मिसाइएको हुँदैनथ्यो । तैपनि समाजले कुरा काट्न थालेपछि डेरी पसल बन्द भयो ।”

    डेरी बन्द भए पनि कुँवर दम्पतीले उन्नत जातको गाईका बाच्छाबाच्छी हुर्काएर बिक्री गर्दै गाईपालनको यात्रा अहिलेसम्म निरन्तर चलिरहेको छ । उहाँका छोरा हेमन्त कुँवर मोटरसाइकलमा घर घरमा दुध पु¥याउँदै आउनुभएको छ । आमाबुवाको सपनालाई छोराबुहारीले पूरा गरिरहेको हेमन्तले बताउनुभयो ।

    कुँवर दम्पतीको घरमा अहिले होलेस्टाइन ब्रिजिया जातको उन्नत गाईले दैनिक ३० लिटर दुध दिने गरेको छ । हेमन्त कुँवर दुध बेच्न बजार जाँदा मोटरसाइकलमा अन्य गाउँलेको पनि दुध बिक्री गरिदिने काममा सघाइरहनुभएको छ ।

    उन्नत जातको बहर छैन

    उन्नत जातको गाईपालन गर्दा जिल्लामा उन्नत जातको बहर नहुँदा गाईपालन गर्ने उहाँ जस्तै किसान समस्यामा परेका छन् । गाईको गर्भाधारण हुने बेला दुई महिनाअघि जिल्लामा बहर र कृत्रिम गर्भाधान गर्ने सुविधा नहुँदा भारतको पिथौरागढबाट पशुविज्ञ चिकित्सक बोलाएर कृत्रिम गर्भाधान गराएको कुँवर दम्पतीले बताउनुभयो ।

    ब्युँतियो कामधेनु गोरस भण्डार

    दुध बेच्न पाइलैपिच्छे सङ्घर्ष गर्दै आउनुभएका कुँवरले हाल फेरि सदरमुकामको दशरथ चन्द नगरपालिका–४, शाहीलेक बजारमा कामधेनु गोरस भण्डार स्थापना गरेर दुग्धजन्य पदार्थ, मोही, खुवा र पनिर बनाउन सुरु गर्नुभएको छ ।

    सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो । सदरमुकाममा पुनस्र्थापना गरेको कामधेनु गोरस भण्डारलाई भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले खुवा बनाउने मेसिन उपकरण सहयोग गरेको छ ।

    अहिले त समय केही फेरिएको छ । समाजमा जागरण फैलिएपछि सार्वजनिक स्थानमा दलितमाथि हुने विभेद हट्दै गएको छ । राज्य र स्थानीय तहले सहयोग गरेर दलित समुदायको दुध पुनः किन्ने अभियान जिल्लाव्यापी बनाउने सोच रहेको उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ।

    • गाई
    • दलित
    आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति
    रुकुम पश्चिममा एकजना कैदीको मृत्यु
    डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु
    चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना
    इनिशाको शव १० दिनदेखि अस्पतालमै
    रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ३.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ४.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ५.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ६.
      कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

    भर्खरै

    • १.
      राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

    • २.
      रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

    • ३.
      डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

    • ४.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ५.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    • ६.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ७.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • ८.
      हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.