जेनजी आन्दोलन पछि प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आएको नेकपा (एमाले)ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ । एमालेले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी षड्यन्त्र भन्दै यसकोको विरोधमा जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्न लागेको हो ।
Advertisement
एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका क्रियाकलाप अघि बढाएको छ ।
एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गर्न, भदौ २३ र २४ का पराधिक घटनाको निष्पक्ष छानबिन गर्न र तोडफोड. लुटपाट. आगजनीमा संलग्न अपराधीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेको छ ।