• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ४. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

  • ७. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. रसुवा बाढी : कर्णालीका १३४ जना सम्पर्क बिहिन

  • १०. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

एउटै पार्टीबाट चुनाव जिते माओवादी फुटेपछी दुबैको यात्रा फरक भयो

"आठबिसकोटका नगर प्रमुख केसी प्रचण्ड र उपप्रमुख शाही जनार्दन पक्षमा खुलेका छन्  "

  •   बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम। नेपालको राजनीतिमा माओवादी आन्दोलनले ठूलो प्रभाव पारेको छ। दशकौँ सम्म चलेको जनयुद्धपछि माओवादी पार्टीले शान्ति प्रक्रियामा प्रवेश गर्दै देशलाई गणतन्त्रमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको हो। तर, समयसँगै पार्टीभित्र वैचारिक मतभेद, स्वार्थ, नेतृत्व संघर्ष र सत्ता मोहका कारण माओवादी आन्दोलन विभिन्न टुक्रामा विभाजित हुन पुग्यो। आज माओवादी फुटेपछि नेपालको राजनीतिक परिदृश्यमा नयाँ अवस्था देखा परेको छ।

    Advertisement

    नेकपा माओवादी केन्द्र फुटेपछि पुष्पकमल दाहाल प्रचण्डले वाम एकता भन्दै नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व गरेका छन्। भने अर्कोतिर पार्टीमा शक्तिशाली नेताका रुपमा रहेका माओवादीका उपमहासचिव जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका छन। माओवादी फुटेपछि बिशेष गरी जनयुद्धको थालनी भएको रुकुम पश्चिमलाई चासोको बिषयका रुपमा हेरिएको छ।

    जनार्दन शर्माको जिल्ला रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील अभियान दुबैले संगठन बिस्तार लाई तीव्रता दिएका छन। रुकुम पश्चिमको सबैभन्दा ठुलो आठबिसकोट नगरपालिकामा पनि नेता तथा कार्यकर्ताहरु दुई पक्षमा विभाजन भएका छन्। नेकपा माओवादी केन्द्रबाट स्थानीय तहको नगर प्रमुख र उप प्रमुख जितेका दुबैजना फरक फरक यात्रामा लागेका छन।

    नगर प्रमुख रवि केसी प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा लागेका छन्। भने उपप्रमुख धन कुमारी शाही जनार्दन शर्मा नेतृत्व प्रगतिशील रास्ट्रीय अभियानमा लागेकी छन्। एउटै पार्टीबाट चुनाव जितेका दुबैजना अहिले फरक फरक धारमा हिडेका छन्। नगर प्रमुख रवि केसीको साथमा वडा नम्वर १,२,३,८ र १२ वडाका वडा अध्यक्षहरु छन्। भने उपप्रमुख धन कुमारी शाहीको साथमा वडा नम्वर १०,१३ र १४ नम्वर वडाका अध्यक्षहरु खुलेका छन्। भने ५ नम्वरका वडा अध्यक्ष मौन छन्। भने उनले जनार्दन शर्मालाई साथ दिने स्रोतको दाबी छ।

    त्यस्तै माओवादीले स्थानीय तहको निर्वाचन हारेको वडा नम्वर ४ मा पनि उपमेयर धन कुमारी शाहीको पक्षमा नेताकार्यकर्ता रहेको बताईन्छ। भने वडा नम्वर ११ मा अधिकांश नेताहरु नगर प्रमुख रवि केसीको पक्षमा खुलेका छन्। त्यस्तै ७ नम्वर वडाका अध्यक्ष अमृत बुढा नगर प्रमुख केसीको पक्षमा खुलेका छन् । उनी केहिदिन पहिले नेपाली कम्युनिष्ट पार्टीको बैठकमा देखिएका थिए।

    पार्टी विभाजन पछी वडा नम्वर ६ र ९ भने निर्णायक रुपमा हेरिएको छ। यी वडामा केहि अभियान र केही नेकपामा रहेका छन्। पार्टी बिभाजन पछि रुकुम पश्चिममा प्रगतिशिल अभियानको नेतृत्व गोर्ख बहादुर केसी सन्देशले गरेका छन्। भने नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व गोपाल शर्मा ,बिमला केसी लगायतका नेताहरुले गरिरहेका छन्।

    माओवादी फुटेपछि यसको राजनीतिक प्रभाव निकै घटेको छ। २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलो दल बनेको माओवादी अहिले संसदमा तेस्रो स्थानमा झरेको छ। जनस्तरमा माओवादीको लोकप्रियता घट्दै गएको बेला पार्टीभित्र वैचारिक एकता हराएपछि फुटेको पार्टीका कार्यकर्ताहरूमा निराशा बढेको छ।

    • धन कुमारी शाही
    • नेपाली कम्युनिष्ट पार्टी
    • प्रगतिशील अभियान
    • रवि केसी
    बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन
    बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश
    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे
    भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी
    बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
    आज यी ठाउँमा हुने छ भारी वर्षा

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ४.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

    भर्खरै

    • १.
      एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

    • २.
      बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

    • ३.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • ४.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ५.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    • ६.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ७.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ८.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.