जाजरकोट । जाजरकोटको नलगाड नगरिपालिका ४ स्थित बाउसेखोलामा रहेको ज्ञानोदय प्राथमिक बिद्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सो भवन एनआरएनए बेल्जियमको निबर्तमान समितीले २ बर्ष पहिला गएको बिकाशकारी महाभुकम्प बाट क्षति भएपछि पुननिर्माण गरेको हो ।
३ कोठे पक्की भवन सहित २ वटा पक्की शौचालय ३० लाख रुपैयाँमा निर्माण भएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको बिशेष आतिथ्यता र जिल्ला सम्वनय समितीका अध्यक्ष काली प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा भवन उद्घाट सम्पन्न भएको हो । साथै भवन उद्घाटन कार्यक्रममा नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावत, उपप्रमुख देवका लामिछाने वडा अध्यक्ष बद्री पन्त लगायतका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एनआरएनए बेल्जियमको बर्तमान समितीले विधालयको लागी एउटा ल्यायटप र ७७ जना बिद्यार्थीहरुको लागी न्यानो कपडा बितरण गरिएको थियो। एनआरएनए बेल्जियमकी निबर्तमान अध्यक्ष सीता सापकोटा का अनुसार निदरल्यान्डका निबर्तमान अध्यक्ष थानेश्वर कंडेलबाट ५०० युरो सहयोग गरिएको बताइन्।
भुकम्पले भवनमा क्षति भएपछी पठनपाठन मा आएको समस्या अब नयाँ भवन निर्माण भएसँगै बिधार्थीलाई सहज हुने वडा अध्यक्ष पन्तले जानकारी दिए । बिधालयमा लगानी गरेर बिधार्थीको पठनपाठन मा सजिलो हुने भएको भन्दै भवन निर्माण प्रति बिधालयले धन्यवाद दिएको छ ।