रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका -२ का २२ वर्षीय प्रकाश थापाको इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
Advertisement
आज दिउँसो १ बजेको समयमा आठबीसकोट नगरपालिका ३ खदीको हरीबिसौना भन्ने ठाउँमा तार जोड्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।