नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न पुगेका छन् ।
Advertisement
नेताद्वय शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धिमा रहेको विप्लव निवासमा पुगेका हुन् । नेतात्रयबीच अहिले छलफल जारी छ ।
विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।