अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ । अदानचुली गाउँपालिका–३ मा रहेको सो विद्यालयमा आज राति ८:०० बजेदेखि आगलागी हुँदा विद्यालयको दुईतले-दुईकोठे भवन पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
Advertisement
कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्ताबेज जलेर नष्ट भएका शिक्षक नन्द फडेराले जानकारी दिए । कार्यालय कोठामा भएको सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्कटप, चार दराज, चार सोफा सेट, २० वटा प्लास्टिक कुर्ची, एक रिङ कुर्ची, तीन वटा मादल, हार्मोनियम, ड्रम सेट, १२ सेट टेबल कुर्ची, दुई वटा प्रिन्टर, अत्यावश्यक कागजातलगायत सामग्री नष्ट भएका उनले शिक्षक नन्द फडेराले बताए ।