दाङको तुलसीपुर उपमहानगरपालिका-७ बाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् ।
Advertisement
सोही ठाउँमा जंग्रहवा बस्ने मोतिराम डाँगीको घरमा जुवातास खेलिरहेका अवस्थामा सोही उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय विष्णु शर्मालगायत ७ जनालाई शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ९ सय २० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।