यम पञ्चक अर्थात् तिहार बिहीबार नै सकिए पनि सरकारले आज (शुक्रबार) तिहारकै नाममा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्र अनुसार कात्तिक ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा हुने उल्लेख गरिएको छ ।
Advertisement
तिथि घटबढ हुँदा यस वर्ष तिहार बिदा लम्बिएको हो । यसअघि लक्ष्मीपूजा र भाइटीकाका बीचको दिन (कात्तिक ४ गते) पनि एक दिन बिदा थपिएको थियो । कुनै विशेष पर्व नपरेको मंगलबार पनि तिहारकै सार्वजनिक बिदा परेको थियो ।