गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन् ।
Advertisement
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सहभागी भएका हुन् ।
बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रूपमा देखिएका थिएनन् ।
नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । पटक पटक नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गर्न खोजिए पनि असम्भव भएको थियो ।