अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार घुस लिएको भन्दै श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र विचौलिया अरविन्द प्रकाश साहकानुलाई पक्राउ गरेको छ ।
Advertisement
टंगालस्थित अख्यितारबाट खटिई गएको टोलीले सेवाग्राहीबाट घुस/ रिसवत वापतको रकम ४ लाख ५० हजार बिचौलिया अरविन्द प्रकाश साहकानुले लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।