गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका जिल्ला कारागार जुम्ला र रुकुमपश्चिमका २९ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
Advertisement
फरार कैदीबन्दीमध्ये १९ जना रुकुमपश्चिम र १० जना जुम्ला कारागारबाट भागेका हुन् ।
जेनजी आन्दोलनका क्रममा जुम्लाबाट ४१ र रुकुम पश्चिमबाट ८८ जना केदी बन्दी कारागारबाट भागेका थिए । तीमध्ये जुम्लाबाट ३१ जना र रुकुमपश्चिमबाट ६९ जना केदीबन्दी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कारागारबाट भागेका कैदीबन्दीलाई प्रहरीको पटक–पटक सम्पर्कमा आउन अनुरोध गरेपनि सम्पर्कमा आएका छैनन् । फरार कैदीबन्दीको खोजीका लागि जिल्लाभर सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।