नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीको लिखित सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको दाबी गरेका छन् । आज (शुक्रबार) सम्पादकहरुसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले कार्कीलाई ओलीले नै प्रधानमन्त्रीमा सिफारिस गरेको बताएका हुन् ।
Advertisement
‘कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिस गर्ने उहाँ (ओली) हो । केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो,’– उनले भने ।